दसैंमा धरानमा २६ करोडको खसीबोकाको कारोबार

विराटनगर ६ कात्तिक । दसैँलाई लक्षित गरी सुनसरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । […]

मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट क्रिकेट एकेडेमीलाई, युनाइटेडमाथि ४३ रनको जित

विराटनगर ३ कात्तिक  । झापाको बिर्तामोडमा सम्पन्न मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट स्पोर्ट्स जोन विराट क्रिकेट एकेडेमी, विराटनगरले जितेको छ। युनाइटेड क्रिकेट एकेडेमी झापाको घरेलु मैदानमा सम्पन्न ६ खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरको टोलीले उपाधि हात पारेको हो। तीन दिनसम्म सञ्चालन भएको सिरिजमा दुवै एकेडेमीका अन्डर–१३ र अन्डर–१५ उमेर समूहका ३० जना युवा खेलाडी […]

आज महानवमी

विराटनगर ३ कात्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी […]

कार्की वंश प्रतिष्ठानद्वारा प्रमुख निर्वाचन आयुक्त कार्की सम्मानित

विराटनगर २ कात्तिक । मुडुला कार्की कुलायन समाजले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सम्मान गरेको छ। मुडुला कार्की वंशका कार्कीले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा पुगेर कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै समाजले सम्मान गरेको हो। समाजको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम अध्यक्ष रेवतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा […]

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

विराटनगर १ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा […]