इटहरी ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको आयोजना र गाउँपालिका महासङ्घ नगरपालिका सङ्घको सहआयोजनामा कोशी प्रदेशका ९० जना माध्यमिक तह अध्यापन गराउने शिक्षकहरूलाई अंग्रेजी गणित र विज्ञान विषयमातीन दिनको तालिम बुधबार इटहरीमा सम्पन्न भएको छ।
प्रश्नपत्र निर्माण गोपनियता विश्वसनीयता नतिजा विश्लेषण प्रविधिमैत्री शिक्षण विधि लगायतका विषयमा विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, विश्व जोशी सुशील खनाल लगायतले सहभागी शिक्षकहरूलाई सहजीकरण गर्नु भएकाे थियाे ।
कक्षा १० र कक्षा १२ को नतिजा सुधार गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा देशभरिका ५०० जना विषय शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुभाष पन्तले बताए ।
आगामी वर्ष ७५३ वटै पालिका का विषय शिक्षकलाई प्रशिक्षण दिने लक्ष्य राखिएको उनले बताए ।
कोशी प्रदेशका १४ जिल्लाबाट छनोट भएर आएका विषय शिक्षकहरूले तालिम पश्चात विद्यालयमा र आफ्नो पालिका अन्तर्गतका सबै विद्यालय का विषय शिक्षकलाई प्रशिक्षण दिने प्रतिबद्धता जनाए ।
सहभागी शिक्षकहरू महानन्द पण्डित ज्योति राजवंशी हिमादेवी ओझा अरविन सरदार सुनिल राई लगायतले तालिमबाट प्राप्त ज्ञान र सीप कक्षा कोठामा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
समापन समारोहका अध्यक्ष राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्याल कोशी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दामोदर चापागाईं लगायतले शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीप पालिकासँग समन्वय गरी पालिका अन्तर्गतका सबै विषयगत शिक्षकलाई प्रशिक्षण दिन आग्रह गरे ।