४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, १४ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण […]

झोराहाट साहित्यिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर, १४ साउन । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखला आज सम्पन्न भएको छ । साउन महिनाको शृंखलामा चार जना कवि तथा गजलकार प्रस्तुत भएका छन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत हुनु भयो । उहाँहरुले […]

संसदीय निर्वाचनका अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड […]

सुनसरीको चिमडीमा नेरुडेद्धारा डस्टबिन वितरण

विराटनगर, १३ साउन । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य चौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक बिद्यालय चिमडीलाई […]

प्रदेश १ को नाम के राख्ने ?

मोहम्मद सदरुल विराटनगर ( रासस) मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र […]