कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा प्रवेश

विराटनगर १० फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक २५ रन बनाए । मनकामनाका लक्ष्मण तामाङले ३ विकेट लिए । १ सय २ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमासवै विकेट गुमाई ९२ रन बनायो । जस्मा अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए ।

कोशीका म्यान अफ द म्याच गोपाल मण्डल र रितिक यादवले ३–३ विकेट लिए । दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई ७६ रनको योगफल तयार पारेको थियो । जस्मा सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए ।

अरनिको म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए । ७७ रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए । नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले १–१ विकेट लिए ।