दलिय जिम्मेवारी लिने चरणमा पुगेकी छैन, मिडियामा आएका कुरा गलत हुन : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर १४ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलिय जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलिय जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन […]

एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन फागुनमा हुने

विराटनगर १४ माघ । नेकपा एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएकाे छ । विराटनगरमा साेमबार बसेकाे जिल्ला संगठन कमिटीकाे तेश्राे पूर्ण वैठकले फागुन १७-१९ सम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम […]

कोशी प्रदेश : तीन वर्षमा १३० बालबालिका हराए, ११० को उद्धार गरि परिवारको जिम्मा लगाइयो

विराटनगर १३ माघ । विराटनगर १५ का ५१ वर्षीय लक्ष्मण चौधरी (माझी)का दुई छोराहरु (११ वर्ष र ७ वर्ष) गत कात्तिक ९ गतेदेखि घरबाटै बेपत्ता भए । गाउँघरमा तिहारको रमझम चलिरहेको थियो । ३ सय रुपैयाँ लिएर पटका किन्न हिँडेका छोराहरु राती अवेर सम्म घर फर्किएनन् । २ दिन सम्म लक्ष्मणले छोराहरुको बाटो हेर । […]

सूचनाको हकले शासनप्रणालीलाई पारदर्शी बनाउने : मुख्यमन्त्री कार्की

विराटनगर १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोग काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्नुका साथै राष्ट्रले तय गरेका रणनीतिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने धारणा राख्नु भयो […]

निजामती कर्मचारी संगठन मोरङमा कोइराला

विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ । […]