‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट-२०२६’ को ग्रस उपाधि राईलाई

धरान १७ माघ । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘ चिभास इस्टर्न गल्फ टुर्मामेन्ट- २०२६’ को ग्रस तर्फको उपाधि जितेन्द्र राईले जित्नु भएको छ ।

शुक्रबार र आज धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जित्नु भएको हो ।

ग्रसतर्फको उपविजेता पदम हाङ्ग लिम्बू रहनु भएको थियो ।

त्यस्तै, प्रतियोगितामा नेटतर्फ सोम गुरूङले प्रथम स्थान, भुवन घिमिरेले दोस्रो स्थान र प्रतापजङ्ग थापाले तेस्रो स्थान प्राप्त गर्नु भएको थियो ।

महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरूङ्गले उपाधि जित्नु भएको थियो भने नेटतर्फ बिना सापकोटाले दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।

त्यस्तै, प्रतियोगितामा सिनियर स्पर्धा अन्तर्गत गणेश जिमीले उपाधि हात पार्दा तुलसीेराम लिम्बूले दोस्रो स्थान हात पार्नु भएको थियो ।

ह्याण्डीक्याप स्पर्धा तर्फ १ देखि ८ होलतर्फको स्पार्धामा सिद्धान्त सापकोटले प्रथम स्थान, अशोक सिंहले दोस्रो स्थान र श्याम लिम्बूले तेस्रो स्थान प्राप्त गर्नु भएको थियो ।

त्यस्तै, ह्याण्डीक्याप अन्तर्गतनै होल ९-१६ तर्फ कृष्ण पुनले प्रथम स्थान प्राप्त गर्दा हिरण प्रधानले दोस्रो र श्याम तामाङले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितामा लङ्गेष्ट ड्राइभ प्रदिप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइनमा दिपक मगर, मष्ट बर्डिज राम तामाङ्गले जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो।

प्रतियोगिताका विजेताहरूलाई इटहरीस्थित होटल रामाडामा अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

प्रतियोगितामा कोशी प्रदेश काठमाडौँ, पोखरालगायत युके, सिंगापुर, युएईबाट १३० भन्दा बढी एमेच्योर खेलाडीहरूको उपस्थिति रहेको थियो।