एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन फागुनमा हुने

विराटनगर १४ माघ । नेकपा एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएकाे छ ।

विराटनगरमा साेमबार बसेकाे जिल्ला संगठन कमिटीकाे तेश्राे पूर्ण वैठकले फागुन १७-१९ सम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।

एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो ।
पाटी भित्र आन्तरिक विवाद बढ्दै गएपछि एमालेको अधिवेशन मिति तय हुन सकेको थिएन ।

पार्टीको विधानले तोकिदिएको अवधि भने सङ्गठन कमिटीले समेत अधिवेशन गर्न सकेको थिएन । सङ्गठन कमिटी बनेको ६ महिना भित्रमा अधिवेशन गराउनु पर्ने एमालेको विधानमा उल्लेख छ ।
काेशी प्रदेशका १४ जिल्ला मध्ये माेरङ बाहेका जिल्लामा अधिवेशन सम्पन्न भईसकेकाे छ ।

एमाले माेरङकाे १० औं अधिवेशन २०७८ पुसमा भएकाे थियाे ।