निजामती कर्मचारी संगठन मोरङमा कोइराला

विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा अनिल दाहाल, विप्लव चौलागाईं, रेवतीराम रोक्का, बविता राई, शिवशंकर मेहता, हरी सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी र कृष्णप्रसाद भट्टराई रहनु भएको छ । लेखा आयोग संयोजकमा चन्द्रमणी लुईटेल, सदस्यहरुमा तिर्थ गुरागाईं र श्याम तिम्सिना निर्वाचित हुनुभयो ।

जिल्ला अधिवेशनले ७ जना केन्द्रीय प्रतिनिधी र ११ जना प्रदेश प्रतिनिधि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा काशीराज पराजुली, रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल, रोहित पौडेल रहनु भएको छ । प्रदेश प्रतिनिधीहरुमा हरिप्रसाद सुवेदी, जानकीप्रसाद अधिकारी, सरणकुमार गजमेर, सुधिरा न्यौपाने, नन्दकिशोर काफ्ले, पशुपति घिमिरे, चुडामणी रिजाल, भानु गुरागाईं, लुकनाथ पोखरेल, हेमसागर पोखरेल र जय प्रसाद काफ्ले रहनु भएको छ ।