विराटनगरमा जीआइएस हाउस नम्बरिङ सुरु

विराटनगर २१ असोज । आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआइएस […]

मोरङको मानव अधिकारको अवस्थाबारे छलफल

विराटनगर २० असोज । मोरङको मानव अधिकारको अवस्थाबारे विराटनगरमा आज सरोकारवालाहरुवीच छलफल भएको छ । जीआईजेड–जेडएफडिको सहयोग तथा साझा सवालका लागि साझा मञ्च कोकनको समन्वयमा मानव अधिकार मञ्च नेपाल, इलामले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समस्या देखिएको बताएका थिए । सरोकारवाहरुले महिला हिंसा, बालविवाहका घटनाहरु, आपराधिक घटनाहरु बढ्दै गएको बताएका थिए । छलफलका […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पदबाट राजीनामा

विराटनगर २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पदवाट राजीनामाको घोषणा गरेलगत्तै प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिएका हुन । प्रदेश सभामा उनले कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके […]

पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : अध्यक्ष ओली

विराटनगर १९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ । विपक्षी र सञ्चार माध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो […]

अधिकारबारे सचेत गराउँदै मानव अधिकार समूह

विराटनगर १९ असोज । मोरङ रतुवामाईका तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुन । उनलाई मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरुका विषयमा पूर्ण जानकारी थिएन । स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उनलाई यस विषयमा […]