विराटनगर ८ चैत । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ । आयोगले […]
विराटनगर ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै […]
विराटनगर ७ चैत । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आज रातीदेखि अन्त्य हुँदैछ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले छैटौँ तथा हिउँदे अधिवेशन बिहीबार रातिबाट लागु हुनेगरी अन्त्य गर्न सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै आजरातिबाट अधिवेशन अन्त्य […]
विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार यादवले १ हजार ११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । यादवले विष्टलाई ४३ मतान्तरले पराजित […]
विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन […]