मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिनु भएको हो […]

मोरङ कारागार : ८ महिनामा ८ जनाको मृत्यु

विराटनगर, १५ भदौ । मोरङ जिल्लामा गत आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक महिला सहित आठ जना व्यक्तिको मृत्यू भएको छ । मोरङमा २०८१ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यू भएको कुरा मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विराटनगर कार्यालयले जनाएको […]

थाकस मोरङको विवाद निरुपण, भगतको दावी नपुग्ने फैसला

विराटनगर १५ भदौ । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको नेतृत्वको विषयमा झण्डै २ वर्षदेखिको विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ । नेतृत्व विवादमा जिल्ला अदालत मोरङले वादी प्रदिपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको छ । गत असार ८ गतेकोे फैसलासँगै थाकस मोरङमा लामो समय देखिको नेतृत्व विवाद टुंगिएको […]

लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

विराटनगर १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाउनु भएको छ । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, आज दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाउनु भएको छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग […]

मोरङ कानेपोखरीका ४१ विपन्न परिवारलाई घर हस्तान्तरण

विराटनगर १४ भदौ । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । ४१ अति विपन्न परिवारलाई आज नयाँ घर हस्तान्तरण गरिएको हो । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थितिमा घर […]