विराटनगर १९ भदौ । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश […]
विराटनगर १९ भदौ । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो । बैठकमा सहभागी एक […]
विराटनगर, १८ भदौ । गत जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा १३ जिल्लाका २९ हजार २४० पशु संक्रमित हुन पुगेका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या एक हजार ६६ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई÷गोरु एक […]
विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् । यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ […]
विराटनगर, १८ भदौ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको बिषयप्रति कर्मचारी सङ्गठनहरुले विरोध जनाएका छन् । मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारी साधनको साँचो खोसेर अभद्र व्यवहार गरिएको भन्दै बुधबार नेपाली कांग्रेस निकट […]