विकास निर्माणका कार्यहरुलाई समयमा सम्पन्न गर्न मुख्यसचिव अर्यालको निर्देशन

विराटनगर १७ भदौ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन निर्देशन दिनुभयो ।

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयद्वारा आज बिराटनगरमा आयोजित संघ, प्रदेश र स्थानीय तहका साशकिय सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने विकासका कार्यलाई आवश्यक अनुमगन गरि समयमा सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

मुख्य सचिव अर्यालले राजश्व चुहावट नियन्त्रण, लागु औषधि नियन्त्रण गर्ने कार्यमा कानुन सम्मत कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साधारण खर्च प्रत्येक वर्ष वृद्धि तीन प्रतिशतले वृद्धि भैरहेकोमा चिन्ता व्यक्त यसले जनताको आयवृद्धिमा यसले सहयोग नपुग्ने हुनाले भएकोले मितव्ययीता अपनाउनुपर्ने सुझाव दिनुभयो ।

प्रमुख सचिव अर्यालले नागरिकलाई नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र,सवारी चालक प्रमाणपत्र र राहदानी सहज एवं सरल रुपमा सेवा प्रदान गर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभयो ।
उहाँले भारतको वथनाहावाट विराटनगरको कटहरीसम्म कार्गो रेल सञ्चालनमा आएको राजनीतिक अवरोध समाधानमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मुख्य सचिव अर्यालले प्रहरी भनेको विकासको सहयात्री भएको हुनाले सुरक्षा र विकास कार्यलाई सँगसंगै लान आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले जनप्रतिनिधिसंग समन्वय गरी जनताको पक्षमा कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले घरेलु मदिरा व्राण्डिङ्ग गर्न ऐन कानून संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि उपज भारत निकासीका लागि प्रदेशको खाद्य प्रयोगशालामा आवश्क्ता अनुसारको कर्मचारी नियुक्त गर्न सुझाव दिनुभयो । कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले तीन तहका सरकार वीच समन्वय कायम गरी कार्य गर्ने बताउनु भयो ।

सो अवसरमा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ,विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, आन्तरिक राजश्व कार्यालयका विराटनगरका प्रमुख केशवकुमार उप्रेती लगायतले आफ्नो कार्यालयको गरेका कार्य विवरण , समस्या लगायत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घीय कार्यालयका प्रमुख, प्रदेशका मन्त्रालयका सचिवहरु, विभिन्न विकास निर्माण कार्यालयका प्रमुख,तीन वटा सुरक्षा निकायका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।