विराटनगर १८ असोज । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरको शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको […]
विराटनगर ७ असोज । विराटनगरमा अन्तर्रााष्ट्र्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति बारे चित्रकला प्रतियोगिता र छलफल कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले शान्ति संस्कृतिको विकास गर्नु भन्ने नारा सहित आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा ग्रामथान गाँउपालिकाको देवी माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले शान्ति बारे चित्र कोरेर […]
इटहरा २९ भदाै । रतुवामाई जेसीजले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आयुषा सुवेदी प्रथम भएकी छन् । शुक्रबार माेरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा सुवेदी प्रथम भएकी हुन् । उनी अन्नपूर्ण इङ्गलिस स्कुलको तर्फबाट प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रथम बनेकी सुवेदीले नगद २५ हजार रुपैयाँसहित […]
विराटनगर २६ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुईटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो । गुरुकुलका प्रदिप दाहालले सहजिकरण गरि तयार भएको […]
विराटनगर २१ भदाै । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो । स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिनुभयाे । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताउनुभयाे । सवै कक्षागत अनुसार विजयी […]