विराटनगर २३ फागुन । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले नै कट्टी प्रहार गरेका छन् । कट्टी प्रहारबाट दुई जना भएका छन् ।
एक जनाको अवस्था गम्भीर र एक जनाको मध्यम छ । घाइते हुनेहरुमा एक जना भारतीय नागरिक पनि छन् । घटनामा परेर भारतको उत्तर प्रदेश दिनाजपुर गौरी घर भएका ३५ वर्षीय चन्चल बर्मन र मोरङको ग्रामथान गाउँपालिका–५ घर भएका २८ वर्षीय सञ्जय चौधरी घाइते भएको कारागार प्रशासक गौरव ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बर्मन मानब बेचबिखन तथा ओसारपसार र चौधरी चोरी तथा डाँका मुद्दाका कैदी हुन् ।
गम्भीर अवस्थाका बर्मनको अनुहारभरि गहिरो चोट लागेको छ । मध्यम अवस्थाका चौधरीको हातमा चोट लागेको छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको छ ।
अस्पतालले पनि बर्मनको अवस्था गम्भीर र चौधरीको मध्यम रहेको जानकारी दिएको छ । घाइते दुवै जनामाथि सुतिरहेका बेला कारागारको ‘बी ब्लक’का चौकीदार गोपाल दनुवारले बिहानका राति ३ बजेतिर कट्टीले अन्धाधुन्ध आक्रमण गरेको कारागार प्रशासक ढुंगेलले बताउनुभयो ।
मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका ३१ वर्षीय दनुवार जबरजस्ती करणी मुद्दाका कैदी हुन् । घटनामा प्रयोग गरिएको कट्टीसहित दुनवारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले