विराटनगर २२ माघ । विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट माघ २६ गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी गराएको हो । ‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागेको […]
शिक्षादीप कलेज विराटनगरले सूचना प्रविधि (आईटी) ले विशेष प्राथमिकतामा राखेर कार्यक्रम शुरु गरेको छ । शनिबार सम्पन्न कार्यशालामा कलेजले कक्षा १२ को कम्प्युटर साईन्स अन्तरगतका ४ सय विद्यार्थीलाई सहभागि गराएको थियो । केही समय अघि कलेजले विज्ञान कार्यशाला गरेको थियो । कक्षा ११ र १२ मा गरि २ हजार ५ सय बढी विद्यार्थी शिक्षादीपमा अध्ययनरत […]
विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ । आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो […]
विराटनगर १८ माघ । मोरङ कटहरी ६, भौडाहाको प्रजातन्त्र माध्यामिक विद्यालयका विद्यार्थीलाई विराटनगरका समाजसेवीहरुले जर्सी वितरण गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा ३० हजार मुल्यबराबारको ४० सेट जर्सी हस्तान्तरण गरिएको हो । मानवीय सेवा गर्ने र छात्र/छात्राहरुलाई खेल क्षेत्रमा अगाडी बढाउने उद्देश्यले जर्सी हस्तान्तरण गरेको कटहरी–४ का समाजसेवी बिनोद बोहराले बताउनुभयो । विराटनगर–१ का समाजसेवी […]
विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]