
विराटनगर ६ साउन । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा शुरु भएको बताउनुभयो । उहाँले विद्यार्थीले रोजेको विषय नै भविष्यको आधार बन्ने बताउनुभयो । ग्रिनल्याण्डमा दक्ष, अनुभवी शिक्षक भएकाले गुणस्तरीय र व्यवहारिक शिक्षा दिईने प्राचार्य दाहालको भनाई छ । ग्रिनल्याण्ड कलेजले शिक्षासँगै विद्यार्थीलाई सीप पनि सिकाउने बताउनुभयो । कलेजको २ वर्षे अध्ययन सक्दा विद्यार्थीले अध्ययनसँगै केही न केही सीप हाँसिल गर्ने उहाँको दावी छ ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले सिकाईलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो । विद्यार्थीले बहुसीप हासिल गर्न आवस्यक रहेकोमा उहाँको जोड छ । एउटा मात्रै सीपले प्रतिष्पर्धी हुन नसकिने उहाँको भनाई छ । विद्यार्थीको रुची अनुशारको शिक्षाका लागि अभिभावक तयार हुनुपर्ने प्रमुख गड्तौलाले बताउनुभयो ।
कलेजका सञ्चालक इश्वरीप्रसाद मिश्रले अध्यननलाई केन्द्रमा राखेर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो । केमिस्ट्री विभागका प्रमुख पवन साहले शिक्षासँगै सीप आवस्यक रहेको बताउनुभयो । कलेजले सीप र अनुसन्धानको काम शुरू गरेको उहाँले बताउनुभयो । २ वर्षमा ए ग्रेडका विद्यार्थी कलेजले उत्पादन गर्ने उहाँले बताउनुभयो । कक्षा १२ की विद्यार्थी राधिका भट्टराईले परिश्रम गरे सफलता मिल्ने बताउनुभयो ।
स्वागत तथा अभिमुखीकरणमा ग्रिनल्यान्ड कलेज अध्यक्ष रविन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर लुइँटेल, कलेजका विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले संस्कृति झल्कने नृत्य प्रस्तुत गरि नयाँ विद्यार्थीको स्वागत गरेका थिए ।