कांग्रेस महामन्त्री घिमिरेको पराजयमा ‘ह्याट्रिक’

विराटनगर २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले चार वर्षमा तीन पराजय भोगेका छन् ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा विना प्रतिष्पर्धा महामन्त्री बनेका उनी २०७८ को पार्टीको प्रदेश अधिवेशन देखि विहीबार सम्पन्न प्रतिनिधिसभा सम्मको अवधिमा तीनवटा प्रतिष्पर्धामा उत्रिएका घिमिरे तीनवटैमा पराजित भएका छन् ।

०७८ मंसिरमा भएको पार्टीको प्रदेश अधिवेशनमा उद्धव थापासँग २ मतान्तरले पराजित भएका घिमिरे ०७९ मंसिरमा मोरङ ४ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बने ।

प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरीसँग पराजित भए । नेविसंघका पूर्व सभापति समेत रहेका घिमिरेले प्रदेशसभा निर्वाचनमा १५ हजार ५९ मत ल्याएर पराजित भए ।

प्रदेश सभापतिमा २ मतले पराजित भएका उनी प्रदेशसभा निर्वाचनमा ४०६ मतान्तरले पराजित भए । प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाका उम्मेदवारसँग २८ हजार ६५ मतान्तरले पराजित भए ।

एमालेका चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित भए । गत विहिबार सम्पन्न मोरङ ४ को प्रतिनिधिसभा निर्वाचनमा घिमिरेले १२ हजार २१८ मत ल्याएर पराजित भए । हरेक पराजयमा उनको मतान्तर बढ्दै गएको छ ।

प्रदेश सभापतिमा २ मतले पराजित भएका उनी प्रदेशसभा निर्वाचनमा ४०६ मतान्तरले पराजित भए । प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाका उम्मेदवारसँग २८ हजार ६५ मतान्तरले पराजित भए । उनले क्षेत्र नं. ४ मा कुल खसेको १५ प्रतिशत मत ल्याएका छन् ।

पुसमा विशेष महाधिवेशनबाट घिमिरे महामन्त्री भएको धेरै कार्यकर्ताले रुचाएका थिएनन् । विना प्रतिष्पर्धा पार्टीको महामन्त्रीहुँदै मोरङ ४ को टिकट ल्याएको भन्दै स्थानीय कार्यकर्तामा असन्तुष्टी बढ्दो थियो ।

स्थानीयसँग सहज पहुँच नहुने भन्दै उनलाई काग्रेस कार्यकर्ताहरु मौन विद्रोहमा उत्रने संकेत गरेका थिए । पार्टीको महामन्त्री भएको भन्दै केही स्वार्थ समूह मात्रै उनको प्रचारप्रसारमा संलग्न थिए ।

नेपाली कांग्रेसका स्थानीय एक कार्यकर्ताले भने,‘ गुरुलाई अब चुनाव नलड्न सल्लाह दिन्छु ।’