विराटनगर ५ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ । सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो । उहाँले […]
विराटनगर ४ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो । आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई […]
विराटनगर ३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ । परिषदको पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले आवश्यक्तालाई ध्यानमा […]
विराटनगर २४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ । झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने योजना रहेको बताउनुभयो । […]
विराटनगर २३ असोज । बाल संसार मन्टेश्वरी स्कुल विराटनगरले नेपालीहरुको महानपर्व दशैंको अवसरमा शुभकामना कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरन विद्यार्थीहरुलाई दशैंको शुभकामना दिएर विद्यालय विदा दिईएको छ । नेपाली कला र संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले बालबालिकाहरुवीचमा विद्यालयमै जमरा उमारेर दशैं मनाईएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । हरेक चाडपर्व विद्यालयले मनाउँदै […]