
विराटनगर २७ असार । नेपाल बाल संगठन जिल्ला कार्यसमिति मोरङका सभापति नवीन पहाडीले पदभार ग्रहण गर्नु भएको छ ।
आज समितिको कार्यालयमा एक कार्यक्रमकाबीच उहाँले पदभार ग्रहण गर्नुभएको हो । पहाडीले पदभार ग्रहण गर्दै बाल संगठन केन्द्रीय कमिटीले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । तदर्थ समितिको सभापतिका रुपमा उनलाई नेपाल बाल संगठनले जिल्ला कार्यसमितिको सभापतिका रुपमा मनोनित गरेको थियो ।
जिल्ला बाल संगठन मोरङको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको संरक्षण तथा तीन महिनामा जिल्ला बाल संगठनको अधिवेशन गरि नेतृत्व चयन गर्ने जिम्मेवारी उहाँमाथि छ । संगठनको हितका लागि आफू निरन्तर लागि पर्ने उहाँले बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष बलराम गिरीले बालबालिकाको हितको लागि सबै पक्ष सजग हुनु पर्ने बताउनुभयो । उहाँले यसका लागि आफूहरुले हरसम्भव सहयोग गर्ने बताउनुभयो ।