
विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक वर्ष २०८२–०८३ का प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
उपकुलपति प्राडा बिजुुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिएको छ ।