विराटनगर २३ फागुन । मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशाकुमारी झा विजयी भएकी छन् । उनीले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे । जसपाका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६२३, एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरे ।
राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए । यसअघि मोरङ ४ र ६ मा रास्वपाका उम्मेदवार विजयी भएका थिए । गणना भईरहेका मोरङका १, २ र ३ मा पनि रास्वापाको अग्रता छ ।