गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएन : कांग्रेस पूर्व पदाधिकारी

विराटनगर ५ साउन । नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् । सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयोे, ‘कांग्रेस–एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा […]

विद्या भण्डारीसँग आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए : एमाले अध्यक्ष ओली

विराटनगर ५ साउन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताउनु भएको छ । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उहाँले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराउनुभयो । ‘हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ । […]

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा

विराटनगर ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली […]

एमाले पोलिटब्युरो बैठक स्थगित

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राख्नु भएको छ । बैठकमा […]

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरु भएको हो । बिहीबार बसेको सचिवालय बैठकमा विधानले व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि […]