मोरङ ६ मा एमाले प्रवेश गर्नेको लहर

विराटनगर १७ फागुन । मोरङ ६ मा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेको लहर छ । पछिल्लो एक सातामा मात्रै एक सय बढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

आईतबार मात्रै बुढीगंगा २, ३ र ५ का जना एमालेमा प्रवेश गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी पार्टी परित्याग गरि बुढीगंगा २ का खड्गनारायण माझी, नेपाली कांग्रेस परित्याग गरि बुढीगंगा ३ का शेषनारायण चौधरी र सुन्दरहरैचा ३ मा ६ जना विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले नेता लालबाबु पण्डितले स्वागत गर्नुभएको थियो ।

एमाले प्रवेश गरेकाहरुलाई एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, क्षेत्र नं. ६ का उम्मेदवार विनोद ढकाल, केन्द्रीय सदस्य पर्शुराम वस्नेत, नेताहरु सत्यनारायण चौधरी लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।