विराटनगर १७ फागुन । मोरङ क्षेत्र नंं ४ का एमाले उम्मेदवार जीवन घिमिरेलाई दुई उम्मेदवारले समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवार विनोदकुमार कार्कीले आफ्नो उम्मेदवार निस्क्रिय पार्दै एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्नु भएको छ ।
स्वतन्त्र उम्मेदवार कार्कीले,मोरङ ४ मा एमालेका पक्षमा जनलहर देखिएको र क्षेत्रको विकास जीवन घिमिरेबाट मात्रै संभव भएको उहाँले बताउनुभयो । उम्मेदवारी निस्क्रिय पार्दै कार्कीले आफ्नो पक्षमा रहेका सवै मतदाताहरुलाई एमाले उम्मेदवार घिमिरेलाई मत दिन अपिल गर्नु भएको छ ।
कटहरीमा आइतबार आयोजित चुनावी सभामा उहाँले घिमिरेलाई सघाउने घोषणा गर्नुभएको थियो । मोरङ ४ मा एमालेले आफ्नो पक्षमा परिणाम ल्याउने उहाँले बताउनुभयो ।
एमाले उम्मेदवार घिमिरेलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार विनोद परियारले पनि समर्थन गर्दै एमालेको चुनावी कार्यक्रममा सहभागि हुँदै आउनु भएको छ ।
मोरङ ४ मा एमालेको जनलहर अन्य उम्मेदवारको भन्दा राम्रो रहेको नेताहरुले दावी गरेका छन् ।