सरकारलाई दिएको समर्थन उपेन्द्र यादवले फिर्ता लिए, राष्ट्रिय सभामा सरकार अल्पमतमा

विराटनगर ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो । सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै […]

एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : विद्यादेवी भण्डारी

विराटनगर ३१ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । जवाफमा भण्डारीले […]

एमाले विराटनगरद्धारा कार्यविभाजन, सचिवालय सदस्यमा ५ जना मनोनित

विराटनगर २७ असार । नेकपा एमाले विराटनगरको दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको छ । आज विराटनगरमा बसेको बैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बलराम गिरी र उपप्रमुखमा उपसििचव हिमा मैनाली, संगठन विभागको प्रमुखमा सचिव विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजाद, निर्वाचन समितिको संयोजकमा […]

बहुमत जनताको भावनालाई संवोधन गर्न हिन्दु राष्ट्र बनाउन आवस्यक : भीम पराजुली

विराटनगर २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले बहुमत जनताको भावनालाई संवोधन गर्न सनातन हिन्दु राष्ट्र बनाउन जरुरी रहेको बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई आज संवोधन गर्दै नेता पराजुलीले धर्म परिवर्तनको दबाब र विवादका वीच सामाजिक तनाव बढेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पछिल्लो समय […]

एमालेद्धारा प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न

विराटनगर , २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए। उनका […]