एमाले महाधिवेशन : मोरङ ४ र ६ बाट १३ जनाद्धारा उम्मेदवारी फिर्ता

विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका मोरङ ४ र ६ का १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नंं ४ बाट ४ जना र क्षेत्र नं. ६ बाट ९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

दुवै क्षेत्रमा संस्थापन र संस्थापन इतरवीच प्रतिष्पर्धा हुने भएको छ । क्षेत्र नं ४ मा ६ प्रतिनिधिका लागि १२ जना र क्षेत्र नंं ६ मा ७ प्रतिनिधिका लागि १४ जनाले प्रतिष्पर्धा गर्ने छन् ।
मोरङ ४ बाट खुल्ला तर्फ विज्ञान चापागाई, महिला तर्फ तिर्था आचार्य , निरञ्जन ढुगांना र अर्जुन गिरीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

सो क्षेत्रको खुल्ला तर्फ बाबुराम कार्की, नरेन्द्र वस्नेत, मुकेश बुढाथोकी, महेशप्रसाद भट्टराई, धनराज राई (मिलन) र बासु वस्नेत, महिला तर्फ विमला दाहाल घिमिरे, फुलथुंगा खतिवडा, लिलादेवी रिजाल र गुणावती धामी र यूवा तर्फ राम पोखरेल, नवराज नेपाल ( टुप्पी) वीच प्रतिष्पर्धा हुने भएको छ ।

क्षेत्र नं. ६ बाट खुल्ला तर्फ यूवराज बराल, गिरेन्द्र कार्की, भोला बराल, महिला तर्फ चेतकुमारी वस्नेत र यूवा तर्फ प्रतिक ढकाल, नविन पहाडी, पुजा लम्साल थापा, सागर बराल र किरण लामाले उम्मेदवारी फिर्ता लिएका हुन ।

खुल्ला तर्फ रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, मिनकुमार आचार्य, मकरबहादुर बुढाथोकी, ज्ञानेन्द्र ओझा, रोहित कोइराला, महिला तर्फ सरस्वती भण्डारी, सरस्वती खरेल, रिता न्यौपाने, जानुका बड्तौला, यूवा तर्फ सन्तोष घिमिरे, प्रविण घिमिरेवीच प्रतिपर्धा हुने भएको छ ।