विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङबाट ८ जना सर्वसम्मत निर्वाचित भएका छन् । संविधानसभा सदस्य, नगरप्रमुखहरु सहित गरि ४८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभाका ६ र एक दलित गरि ७ वटा निर्वाचन क्षेत्रका ४६ जना प्रतिनिधिका लागि मंसिर ८ गते १४५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
मोरङ क्षेत्र नं. ५ बाट ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, उषा झा, शान्ता डंगोल र मो. हमिद आजाद सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत प्रतिनिधि निर्वाचित गर्नका लागि ८ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । क्षेत्र नं. २ को महिला प्रतिनिधिमा रामजना अधिकारी र गीतादेवी बानियाँ कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महिला प्रतिनिधि सर्वसम्मत बनाउन ४ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
क्षेत्र नं. १ बाट संविधानसभा सदस्य पर्तमान धिमाल सहित ६ जनाले उम्मेवारी फिर्ता लिएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि धिमालले विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ताका घोषणा गर्नु भएको थियो । सो क्षेत्रबाट खुल्ला सुरेन्द्रकुमार शेर्मा, योगराज लिम्वु, डिल्लीप्रसाद खतिवडा, हिरा श्रेष्ठ र भीमबहादुर कार्कीले फिर्ता लिएका थिए ।
क्षेत्र नं. २ बाट ६ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा विष्णु पोखरेल, नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल, सरोजकुमारी झा, बमलाल खवासले उम्मेदवारी फिर्ता लिएका थिए । ३ बाट दुई नगरप्रमुख र एक पूर्व नगरप्रमुख सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, सुन्दरहरैचाका नगर प्रमुख केदारप्रसाद गुरागाइँ र पथरीशनिश्चरेका पूर्व नगरप्रमुख दिलिपकुमार राइ छन् ।
उम्मेदवारी फिर्ता खुल्लाबाट सन्तोष बान्तवा, सुरेन्द्रबहादुर थापा, भोजराज श्रेष्ठ, रविन थापा, बाबुराम येङदेन, अम्बरबहादुर गुरुङ, चन्द्र नेउपाने, प्रकाश राई महिला तर्फबाट अञ्जु सिग्देल र यूवा तर्फबाट नविन पौडेल, विजय डाँगी, ई.प्रदिप नेपाल रहेका छन् ।
मोरङ ४ बाट ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा विज्ञान चापागाई, तिर्था आचार्य, निरञ्जन ढुगांना र अर्जुन गिरी, क्षेत्र नं. ५ बाट ८ जनाले फिर्ता लिएपछि सर्वसम्मत गरिएको थियो । फिर्ता लिनेमा सुरजकुमार राजवंशी, विक्रम तिवारी, अजिम आलम, जयनरथ गिरी (कृष्ण), डिल्लीराम घिमिरे, पुनम कोइराला, कमला श्रेष्ठ र मजहर आलम छन् । क्षेत्र नं. ६ बाट ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा यूवराज बराल, गिरेन्द्र कार्की, भोला बराल, चेतकुमारी वस्नेत, प्रतिक ढकाल, नविन पहाडी, पुजा लम्साल थापा, सागर बराल र किरण लामाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । ३ महाधिवेशन प्रतिनिधिका लागि दलित निर्वाचन क्षेत्र अन्तरगत १० जनाले मनोनयन दर्ता गराएका थिए । कुनैपनि उम्मेदवारले फिर्ता नलिएको निर्वाचन समितिले जनाएको छ ।
मोरङमा ४६ महाधिवेशन प्रतिनिधिहरु मध्ये ८ जना सर्वसम्मत भएकाले शनिबार ३८ प्रतिनिधिका लागि ८९ जनावीच प्रतिष्पर्धा हुँदैछ । आगामी मंसिर २७–२९ सम्म हुने महाधिवेशनका लागि भोलि शनिबार देशभर एकै दिन महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।