‘नो केबलकार समूह’लाई वार्तामा आउन सरकारको आह्वान

विराटनगर १२ फागुन । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण […]

कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि हुने

विराटनगर ११ फागुन । कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि शुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि १८ गतेसम्म हुने महोत्सवमा ११ वटा खेलहरु मोरङ र झापा जिल्लामा सञ्चालन गरिने आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा महिला फुटबल,एथलेटिक्स,कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस […]

पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेको माग

विराटनगर ११ फागुन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गर्नुभयो । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु […]

ताप्लेजुङमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध, मन्त्रीस्तरीय वार्ता टोली बनाउन माग

विराटनगर ११ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ । माओेवादी कोशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै […]

गोल्डेन अस्पतालले क्याथ ल्याव र आईभीएफ सेवा शुरु गर्ने

विराटनगर ११ फागुन । गोल्डेन अस्पताल विराटनगरले आगामी एक वर्ष भित्रमा क्याथ ल्याव र आईभीएफ सेवा शुरु गर्ने भएको छ । अस्पताल स्थापनाको १४ औं बार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आगामी एक वर्ष भित्रमा क्याथ ल्याव सेवा सञ्चालन गरि मुटुरोगीहरुका लागि सुलभ उपचार र आईभीएफ सेवा शुरु गरि निःसन्तान दम्पतीहरुलाई अभिभावक बन्ने सपना साकार पार्ने […]