मोरङ केराबारीको देवीझोडा सामुदायिक वन उपभोक्ता समिति उत्कृष्ट

विराटनगर, २८ साउन । देशभरीका सामुदायिक बन उपभोक्ता समितिहरु मध्येबाट मोरङको केराबारी गाउँपालिका ९ स्थित देवीझोडा सामदुायिक वन उपभोक्ता समिति उत्कृष्ट भई यो वर्षको गणेशमान सिंह सामदुायिक वन राष्ट्रिय पुरस्कार २०८२ प्राप्त गरेको छ । दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यन्वन र उत्कृष्ट कार्य सम्पन्नताको आधारमा बन तथा भूुसंरक्षण विभागले गरेको देशभरिका सामुदायिक वन उपभोक्ता समितिहरु बीचको मूल्याङ्कनमा देवीझोडा सामुदायिक वन उपभोक्ता समिति उत्कृष्ट भएको हो ।

सामदुायिक वन विकास कार्यमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट एउटालाई वन विभागले हरेक वर्ष राष्ट्रिय स्तरको गणेशमान लसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कार्य विधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्याङ्कन गरी मोरङको केराबारी स्थित देबी झोडा समुदायिक वन उपभोक्ता समितिलाई उक्त पुरस्कार प्रदान गरिएको वन तथा भूसंंरक्षण विभागले जनाएको छ ।

देशभरीमै उत्ककृष्ठ भएको उक्त सामदुायिक वन १४७.७५ हेक्टर जमितमा फैलिएको छ । ३२३ घरधुरी रहेको उक्त समुदायिक बनबाट (महिला ८२० र परुुष ७९५ गरी) स्थानीय क्षेत्रका १६१५ जनसख्या लाभान्वित भइरहेको बताइएको छ । ।

साल, अस्ना, कर्मा बोध सुन्दरे, बर्रो आदी मुख्य प्रजाती रहेको यस वनमा यस अघि लागू भएको बैज्ञानिक वन व्यवस्थापनको नतिजा देखिएको र यसलाइ वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वनको रूपमा थप व्यवस्थित गर्न सके अझ प्रभावकारी रूपमा संञ्चालन गर्न सकिने डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत उत्सव थापाले बताउनुभयो ।

त्यसैगरी कबुलियती वन राष्ट्रिय पुरस्कार तर्फ पनि कोशी प्रदेशकै तेह्रथुमको म्याङलुङ नगरपालिका– १ को परमाने पखेरो कबुलियती वन समुह प्रथम भएको छ । २०६२ सालमा गठन भएको उक्त वन समुहमा १० जना विपन्न परिवारलाई हस्तान्त्रण गरिएको थियो ।

करिव २.६३ हेक्टर क्षेत्रमा फैलिएको उक्त कबुलियती वनले बन व्यवस्थापन गर्दै उपभोक्ताहरुलाई मौरीका घार वितरण, मौरी पालन,आहाल निर्माण गर्नुका साथै पानी मुहान संरक्षणको कार्यहरु गर्दै आएको छ । त्यस्तै जिविकोपार्जन सुधार योजना अन्तर्गत बाख्रापालन,फलफूल रोपण, अम्रिसो खेती, डालेघाँसको वितरण तथा रोपण लगायतका क्रियाकलापहरु नियमित सञ्चालन गर्दै हाल समुह बचत तथा घुम्तिकोष सञ्चालन जस्ता विविध कार्यहरु गर्दै आएको पर्यटन, वत तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाला घिमिरेले बताउनुभयो ।

निजी बन हुर्काउने तर्फ कोशी प्रदेशकै झपा दुवागडी ७ का भरत कुमार बस्नेत प्रथम भएका छन् । बस्नेतले विगत २०५५ साल देखि निजी बन दर्ता गरी त्यसको रेखदेखमा सक्रिय हुँदै आएका छन् । करिव १९ रोपनी क्षेत्रफलमा फैलिएको बस्नेतको निजी बनले विगतमा पटक पटक जिल्ला स्तरी पुरस्कारहरु प्राप्त गर्दै आएको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।