एमाले उम्मेदवार विनाेद ढकालकाे निर्वाचन खर्च ९ लाख ७० हजार

विराटनगर २८ फागुन । नेकपा एमाले माेरङ ६ का उम्मेदवार विनाेदप्रसाद ढकालले फागुन २१ गते सम्पन्न निर्वाचनमा ९ लाख ७० हजार खर्च भएकाे विहिबार सार्वजनिक गर्नु भएकाे छ ।

निर्वाचनमा ७ लाख ५५ हजार आम्दानी भएकाे र तिर्न बाँकी २ लाख १५ हजार ४५८ रहेकाे विवरणमा उल्लेख छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाइएको विवरणअनुसार उहाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम गरेको सम्पूर्ण खर्च सार्वजनिक गर्नु भएकाे छ ।

ढकालले पेश गर्नु भएकाे खर्च विवरण अनुशार मनाेनयन दर्ता १० हजार, नामावली खरिद १८ हजार, सवारी साधन इन्धन तथा भाडा १ लाख २९ हजार, प्रचार सामग्री छपाइ २ लाख १५ हजार, झण्डा ब्यानर, स्टिकर साउन्ड सर्भिस १ लाख २४ हजार खर्च भएकाे छ ।

त्यसैगरी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय व्यवस्थापन १ लाख २३ हजार, घरदैलो , मतदाता शिक्षा १ लाख १३ हजार, मतदानका दिन बुथ एजेन्ट खर्च १ लाख ४३ हजार ७१५, सभा, गाेष्ठि, खाजा खाना ७८ हजार ५ सय र विविध १५ हजार ४४३ खर्च भएकाे प्रदेश निर्वाचन कार्यालयमा बुझाइएको विवरणमा उल्लेख छ ।