एमाले मोरङ अधिवेशन : पदाधिकारीमा क-कस्को दावी ?

विराटनगर १८ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन विराटनगरमा जारी छ । शनिबार उद्घाटन भएको अधिवेशनको आजदेखि बन्द शत्र शुरु हुँदै छ । सोमबार देखि निर्वाचन प्रकृया शुरु हुने छ । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित छ । संस्थापन पक्ष र इतर समूहवीच पदाधिकारी सहित प्यानलगत नै प्रतिष्पर्धा […]

ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन

विराटनगर ,१८ फागुन । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष नवराज काफ्ले चयन हुनु भएको छ । सदस्यहरुमा तीर्थराज घिमिरे, लिलाराम बाँस्तोला,रोमप्रसाद धमला, गिरीराज अधिकारी,धिरज […]

एमाले मोरङ अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्न नेताहरुको जोड

विराटनगर १७ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा शुरु भएको छ । तीन दिन सम्म चल्ने जिल्ला अधिवेशनको पहिलो दिन आज उद्घाटन शत्र सकिएको  छ । उद्घाटन कार्यक्रमका नेताहरुले सहमतिमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले पार्टीमाथि चौतर्फी घेरावन्दी भएको समयमा नेताहरु गुट–उपगुटमा विभाजित नभई सर्वसम्मतिमा नेतृत्व चयन […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिचानका नाममा जातिय हिंसा बढाउन खाेज्दैछन : एमाले नेता ज्ञवाली

विराटनगर १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिचानका नाममा जातिय हिंसा बढाउन खाेजेकाे बताउनु भएकाे छ । काेशी प्रदेशमा जातिय हिंसा बढाउने काममा प्रचण्ड लागि परेकाे उहाँको भनाई   छ । एमाले माेरङकाे १० औ जिल्ला अधिवेशनकाे आज उद्घाटन कार्यक्रममा नेता ज्ञवालीले साे कुरा बताउनु भएकाे हाे । उहाँले […]

एमाले मोरङको १० औं जिल्ला अधिवेशन विराटनगरमा शुरू

विराटनगर १७ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन विराटनगरमा शुरू भएकाे छ । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) , गुरु बराल, उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य काेशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताहरूकाे सहभागिता रहेकाे […]