
विराटनगर, ३ भदौ । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागि हुने विराटनगर आइपुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार दिउँसो उत्साहित भएर राजधानी फर्किएकी छन् ।
राजधानी फर्किनु अघि पूर्व राष्ट्रपति भण्डारीले मङ्लबार १० वर्ष पछि नेकपा एमालेको पाञ्चाली स्थित जिल्ला पार्टी कार्यलयमा पुगेर कार्यकर्ताहरुलाई छोटो सम्बोधन गरिन ।
पार्टी कार्यालयमै पुगेर कार्यकर्ता माझमा भण्डारीले गरेको उक्त सम्बोधन १० वर्ष पछिको पहिलो हो, जुन सम्बोधन उनले ४५ वर्ष अघि आफूले पार्टी सदस्यता पाएर पार्टीको शपथ खाएको पार्टी कार्यालयमै गरेकी छन् । संयोगले त्यो पार्टी कार्यालय आज मदन आश्रित भवनको नामले एमाले बृतमा परिचित छ ।
विगत १० वर्ष अघि २०७२ सालको भूकम्पको बेला एमाले उपाध्यक्षको हैसियतले एमालेको उक्त पार्टी कार्यालयमा आएकाे उनले स्मरण गरिन ।
विराटनगर स्थित एमालेको पार्टी कार्यालयमा पुगेर पुर्व राष्ट्रपति भण्डारीले आफ्नो पुरानो स्मरण सुनाउँदे भनिन् ‘मैले ४५ वर्ष अघि यही पार्टी कार्यालयबाट पार्टी सदस्यता लिएकी हुँ र शपथ पनि विराटनगरमै खाएकी हुँ । आफ्नो पार्टी राजनीतिक जीवन र गृहस्थी जीवनको सुरुवात विराटनगरबाटै भएको हो, मेरा दुई छोरीहरु पनि विराटनगरमै जन्मिएका हुन्, त्यसैले विराटनगर, मोरङ मलाई आफ्नो गृहनगर र गृह जिल्ला जस्तो लाग्ने गरेको छ र मलाइ मोरङका कार्यकर्ताहरुले मायाँ र स्नेह पनि धेरै गर्नु भएको छ ।’
उहाँलाई पार्टी कार्यालयमा एमाले केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेता तथा कार्यकर्ताहरुको ठूलो समहुले फुलका गुच्छा दिएर स्वागत गरेको थियो । उनले एमाले मोरङ जिल्ला उपाध्यक्ष सागर थापाले दिएको गुलाफको फूललाई हार्दिकता पूर्वक कपालमा सिउरिएकी थिइन ।
एमाले केन्द्रीय कमिटीले पार्टीको आन्तरिक राजनीतिमा निषेध गरेपछिको अन्योलपूर्ण अवस्थामा सोमबार विराटनगर आइपुगेकी पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेबी भण्डारी मङ्गलबार दिउँसो उत्साहित भएर राजधानी फर्किएकी छन् ।
दुइ दिनकाे विराटनगर बसाइ अवधिमा भएका भेटघाटमा एमालेका स्थानीय कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता र कार्यकर्ताले उहाँ प्रति देखाएको सद्भाव र सम्मानले भण्डारीलाई उत्साहित बनाएको हो ।
दुई दिनको विराटनगर बसाइ अवधिमा भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की , मन्त्रीहरु रेवतीरमण भण्डारी, राम बहादुर रानामगर, एकराज कार्की, पाँचकर्ण राई, सिर्जना राईसँग भेटघाट गरिन भने, राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारी विमानस्थलमै स्वागत गर्न पुगेका थिए ।
राजधानीबाट विराटनगर आउँदा विराटनगर विमानस्थलमा स्वागत गर्न होस वा राजधानी फर्किने बेलामा मोरङ जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उपस्थित कार्यकर्ताहरुको भिड हेर्दा पूर्व राष्ट्रपति भण्डारी प्रतिको क्रेज र आकर्षण कायमनै रहेको देखिन्थ्यो ।
पार्टीले भण्डारीका सदस्यता नविकरण नगर्ने भन्दै आन्तरिक राजनीतिमा निषेध गर्ने निर्णय देखि प्रदेश र स्थानीय कमिटीका कतिपय नेताहरुले भण्डारीको कार्यक्रममा नजान गरिएका फरमानहरुका बावजुद पनि भण्डारी सहभागि कार्यक्रममा देखिएको एमाले पङ्क्तिको उत्साहपूर्ण सहभागितालाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।
दुई दिनको विराटनगर बसाइ अवधिमा भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की , मन्त्रीहरु रेवतीरमण भण्डारी, राम बहादुर रानामगर, एकराज कार्की, पाँचकर्ण राई, सिर्जना राईसँग भेटघाट गरिन भने, राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारी विमानस्थलमै स्वागत गर्न पुगेका थिए ।
उद्घोस दैनिकको कार्यक्रम सकिए लगत्तै पूर्व राष्ट्रपति भण्डारीले घरमै पुगेर विरामी अवस्थामा रहेका मोरङ एमालेका पुराना नेता लब प्रधान मित्रसँग भेटघााट गरी उनकोे स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन् ।
लब प्रधान तत्कालिन माले कालकै पार्टीका सक्रिय नेता हुन, जसलाई तत्कालिन माले पार्टीले पञ्चायती चुनावको उपयोग गर्दा २०४३ सालमा मोरङ जिल्ला पञ्चायतको जनपक्षीय सभापतिको उम्मेद्वार बनाएको थियो भने २०४८ सालमा बहुदलीय व्यवस्थाको पुन:स्थापना पछि भएको संसदीय निर्वाचनमा तत्कालिन मोरङ क्षेत्र नै १ वाट एमालेले सांसादको उम्मेद्वार बनाएको थियो ।
तर प्रधान पछिल्लो अवस्थामा एमालेप्रति असन्तुष्टि जनाउँदै पार्टी सदस्यता समेत नविकरण नगरी बसेका छन् । त्यसैगगरि नेकपा एसका पोलिटव्युरो सदस्य महेश रेग्मी र पत्नी पूर्व प्रदेश सांसद सावित्रा रेग्मी भण्डारीलाई भेट्न विग होटल पुगेका थिए ।
अनेमसंघ र पेशागत महासंघ र मदन भण्डारी फाउण्डेशनसँग जोडिएका एमाले कार्यकर्ता देखि एमाले महानगर कमिटी,वडा कमिटीका पदाधिकारी लगायत कार्यकर्ताको ठूलो पङ्क्ति भण्डारीलाई भेट्न विग होटल नै पुगेको थियो ।
विग होटल पुगेको एमाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्र बलियो नभएसम्म आम जनताको भविश्व मजबुत नहुने भएकाले एमाले कार्यकर्ताहरुको पङ्क्ति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन लाग्नु पर्ने बताइन । उनले अहिले खुट्टाले टेकेर हिड्नुपर्ने अर्थतन्त्र टाउकोले टेकेर हिडीरहेको स्मरण गराउँदै उत्पादन बढाएर निर्भर हुनुपर्नेमा भन्सारमा आयत कर लगाएर अर्थतन्त्र टिाकाउनु पर्ने मुलुकको अवस्था रहेको दृष्टान्त प्रस्तुत गरिन ।
विद्या भण्डारीले अध्यक्षमा आँखा गाडी भनेर मलाइ रोक्न खोजिएको अरे, मसँग डराएर मध्यरातमा मलाई राजनीतिमा नआउनु भनेर निर्णय गर्न जरुरी थिएन ।
उनले आफुसँग भेटघाट गर्न आउने कार्यकर्तालाई केही नेताहरुले निषेध गरेको सूचना प्रति आश्चर्य व्यक्त गर्दै भनिन् ‘म कुनै प्रतिबन्धित व्यक्ति होइन, त्यसैले मलाइ भेट्न आउनेलाई रोक्न मिल्दैन ।’ उनले आफ्नो राष्ट्रपतिको कार्यकाल सकिए लगत्तै नेताहरुसँग सल्लाह गराएरै पार्टी सदस्यता पुनः नविकरण गरेको जानकारी गराउँदै तर पछि केन्द्रीय कमिटी बैठकले नविकरण नगर्ने भनेर केटाकेटीले जस्तो निर्णय गरेको सुनेको बताईन ।
उनले भनिन् ‘म अहिले पनि एमालेकै पार्टी सदस्य हो र एमालेलाइ बलियो बनाउन नै मेरो भूमिका हुने छ, व्यक्तिगतरुपमा मेरो कुनै महत्वकांक्षा छैन र बाँकी जीवन पनि एमालेमै विताउनु चाहान्छु ।’
उनले अहिले पार्टी भित्र मेरो राजनीतिक सक्रियताले पार्टी विभाजन हुन्छ भनेर भ्रम फैल्याइएको स्मरण गराउँदै बरु अहिले मलाई रोकेर चाही पार्टी कार्यकर्ता र सिङ्गो समाजमा विभाजन आएको दाबी गरिन। उनले भनिन् ‘ सैनिकीकरणबाट पार्टी चल्दैन, मेरो बारेमा प्रश्न उठाउनेले नै अहिले पार्टी विभाजन गरिसकेका छन् । मलाई राजनीतिमा आउन रोक्नुपर्ने र निषेध गर्नुपर्ने कुनै कारण छैन, मलाई निषेध गर्नेहरु विस्तारै आफै पतन भएर जान्छन् । ’
विद्या भण्डारीले अध्यक्षमा आँखा गाडी भनेर मलाइ रोक्न खोजिएको अरे, मसँग डराएर मध्यरातमा मलाई राजनीतिमा नआउनु भनेर निर्णय गर्न जरुरी थिएन, मलाई भेटेर नै भनेको भए पनि हुन्थ्यो ।
अध्यक्ष ओलीले चारवटी श्रीमति र सहकारी ठग जस्ता कुरा उठाएर मदन भण्डारीको अपमान गर्नुभयाे ।
उनले भनिन ‘ हिजो मलाई राजनीतिमा सक्रिय हुन आउनु भनेर निम्ता गर्नेहरु यही छन्, झापामा पनि छन्, तर आज ती कता गए ? ’ त्यसैगरी उनले मदन भण्डारीको हिरक जयन्तीको मूल व्यवस्थापन समितिको गठन देखि आफ्नो सक्रिय राजनीतिका सन्दर्भमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको तितो अनुभव समेत आफू निकट कार्यकर्ताहरुसँग साझा गरिन ।
गत असार १४ गते मदन जयन्तीको दिन मदन भण्डारीको सन्दर्भमा अध्यक्ष ओलीले चारवटी श्रीमति र सहकारी ठग जस्ता कुरा उठाएर मदन भण्डारीको अपमान गरेको गुनासो गरिन् ।