विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने

विराटनगर, १५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]

साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न, ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

काठमाडौं, १३ जेठ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो । सङ्गोष्ठीमा अमेरिकाको […]

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विशेष ध्यान दिने : मुख्यमन्त्री कार्की

विराटनगर १४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई विशेष ध्यान दिने बताउनु भएको छ । प्रदेश योजना आयोग र त्रिभुवन विश्व विद्यालय स्नातकोत्तर क्याम्पस विराटनगरद्वारा आज आयोजित प्रदेशको दोस्रो आवधिक योजना तर्जुमाका लागि प्रदेश सभाका सदस्यहरुसँग सुझाव संकलन कार्यक्रमको उद्घाटन गर्दै जुट तथा धान लगायत अन्य कृषि उत्पादनको आयातलाई […]

संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने

विराटनगर १४ जेठ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ । पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराउनुभयो । कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने […]

सुवेदी समाजको अध्यक्षमा कविराज सुवेदी

विराटनगर ११ जेठ । खोटाङ अर्खौले सुवेदी समाजको अध्यक्षमा कविप्रसाद सुवेदी चयन भएका छन् । खोटाङ अर्खौले सुवेदी समाजको विहीबार विराटनगरमा भएको छलफलले पुनर्गठीत कार्यसमितिको अध्यक्षमा कविप्रसाद सुवेदीलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा चित्रकुमार सुवेदी, सचिवमा गोविन्द सुवेदी, सह–सचिवमा तुलसी सुवेदी, कोषाध्यक्षमा गोपाल सुवेदी र सह–कोषाध्यक्षमा सृजना सुवेदी चयन भएकी छिन् । समितिको […]