
विराटनगर ३० माघ । प्रेस चौतारी कोशी प्रदेशको दोश्रो अधिवेशन आज विराटनगरमा हुँदैछ ।
विराटनगरको होटल कञ्चनजंघामा विहान ९ वजेदेखि शुरु हुने अधिवेशन आजै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अविजाल विष्टले बताउनुभयो । अधिवेशन पूर्व मंगलबार साँझ बसेको कार्यसमितिको बैठकले आज अधिवेशनमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । सांगठनिक प्रतिवेदन महासचिव बाबुराम भण्डारी र आर्थिक प्रतिवेदन युवराज विवशले प्रस्तुत गर्नु हुने छ ।
अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा सहभागि हुन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेत, उपाध्यक्ष राजेश राई, गणेश पाण्डे लगायतका नेताहरु विराटनगर आईसक्नु भएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्ला शाखाहरुले अधिवेशन सम्पन्न गरिसकेपछि आज प्रदेश अधिवेशन हुन लागेको हो । कोशी प्रदेशको पहिलो अधिवेशन २०७९ फागुन २१ गते झापाको विर्तामोडमा सम्पन्न गरिएको थियो ।
प्रेस चौतारी नेपालको १० औं महाधिवेशन विराटनगरमा आगामी फागुन २५–२७ सम्म हुँदैछ ।