विराटनगर १९ कात्तिक । झापाको सुरुङ्गाबाट ५१ दिन अघिदेखि वेपत्ता भएका छोराको खोजी गरिदिन प्रहरीलाई पीडित परिवारले आग्रह गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुवा नेत्रप्रसाद सुवेदीले ३१ वर्षीय छोरा दीलिप सुवेदी ५१ दिनदेखि बेपत्ता हुँदासमेत प्रहरी प्रशासनले खोज्ने र घटनाको अनुसन्धानमा कुनै गम्भीरता नदेखाएको हुँदा गम्भीर भएर खोजी दिन आग्रह गर्नुभएको हो […]
विराटनगर १९ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि बनेका ऐन, कानुनहरु पूर्णरुपमा कार्यान्वयन हुन नसकेको सरोकारबालाहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय कोशी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा आज विराटनगरमा आयोजित स्वास्थ्य सम्वन्धि पुर्नस्थापना सेवाका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि ऐन कानुनहरु धेरै […]
विराटनगर १८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम […]
विराटनगर १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताउनुभयो । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय […]
विराटनगर १८ कात्तिक । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिनु भएको हो । उहाँले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र […]