बाल विवाह कानूनी अपराध : मुख्यमन्त्री कार्की

विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ ।

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानूनी प्रवन्ध गरी अगाडि वढेको जानकारी दिनु भयो । उहाँले प्रदेशमा बाल विवाह निषेध गरिकोमा समेत कतिपय दुर्गमस्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमान रुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे,डा गंगाधर अधिकारी लगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरुको उपस्थिति रहेको थियो ।