मोरङको रतुवामाईमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिता सुरू

रतुवामाई २ फागुन । जीवनमा शिक्षा र खेलकूदको महत्व नङ र मासु जत्तिकै भएको कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनु भएको छ ।
शुक्रवार मोरङको रतुवामाई नगरपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री राईले जीवनमा शिक्षा र खेलकूदको महत्व बुझ्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री राईले उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपतिको नामबाट खेलिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको विशेष महत्व भएको बताउनु भयो । बाल्यकालको स्मरण गर्दै मन्त्री राईले आफूहरूको पालामा आफ्नै बलबुताले खेल खेल्नुपर्ने अवस्था रहेकोमा अहिले राज्यले नै खेलकूदलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले बालबालिकाको चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डजस्ता प्रतियोगिता विद्यालयस्तरमै हुनुले यसलाई विद्यार्थीहरूले उत्सवमा रूपमा लिएर खेललाई जीवनको अनुशासनका रूपान्तरण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले मोरङको दक्षिणी भेगमा रहेको विद्यालयले.भव्यरूपमा राष्ट्रपनि रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरी विद्यार्थीसँगै अभिभावकहरूमा समेत खेलको महत्व दर्शाएको बताउनु भयो ।

१६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंहले रतुवामाई नगरपालिकाले खेलकुदलाई संस्थागत गर्नका लागि विभिन्न प्रतियोगिता आयोजना गरिरहेको बताउनु भयो । रतुवामाई नगरपालिकालाई खेलाडी उत्पादनको थलो बनाउने योजनाका साथ विभिन्न प्रतियोगिता नगरपालिकाले सञ्चालन गरिरहेको मेयर सिंहले बताउनु भयो । उहाँले कोशी प्रदेश सरकार भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई सरस्वती माध्यमिक विद्यालय, कल्याणपुरले प्रमु्ख अतिथिका रूपमा बोलाएर दक्षिणी मोरङका आदिवासीको आतिथ्यता साथै सत्कार र यस क्षेत्रका बालबालिकाको खेलकुदको अवस्थामा बारेमा प्रत्यक्ष जान्ने मौका अवसर दिलाएको बताउनु भयो ।

१६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा सरस्वती माध्यमिक विद्यालयकी प्रधानाध्यापक नर्बदा अधिकारीले मोरङको सुदूरपूर्व र दक्षिणी क्षेत्रमा रहेको विद्यालयले १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरी खेल जीवनका बारेमा अभिभावकसहित विद्यार्थीलाई सकारात्मक सन्देश दिएको बताउनु भयो । अति सिमान्तकृत समुदायका बालबालिका बढी अध्ययनरत रहेको विद्यालयमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुनुले अभिभावकसहित सबैको मनोवल उच्च भएको बताउनु भयो । प्रधानाध्यापक अधिकारीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिले यस वर्षदेखि प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विद्यालयदेखि प्रतियोगितास्थलसम्म निशुल्क रूपमा यातायातको व्यवस्था गरिएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिकाकी मेयर दमयन्ता चुडालले अहिलेका बालबालिका बढी मोवाइल हेर्ने भएकाले उनीहरूलाई खेलकुदमा आकषर्ण गरी खेल जीवनमा प्रवेश गराउन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाको विशेष महत्व रहने बताउनु भयो ।

शुक्रवारदेखि सुरूआत भएको प्रतियोगिता तीनदिन सम्म चलेर फागुन ४ गते समापन हुनेछ । उद्घाटन सत्रमा मुनलाईट इङ्गिस एकाडेमी, महेन्द्र मावि, दुर्गा मावि, सुनवर्षी माविलगायतका विद्यार्थीले मार्च पास गरेका थिए ।

१६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिकाभित्र रहेका २२ ओटा माध्यमिक विद्यालयका बालबालिकाले २९ ओटा छु्ट्टाछुट्टै प्रतियोगितामा आफ्नो खेलकौशल देखाउने सरस्वती माध्यमिक विद्यालयका शिक्षक ऋषि गुरागाईँले जानकारी दिनु भएको छ ।

उद्घाटनको पहिलो दिनको खेलमा कराँतेमा छात्र ४२ केजी कुमुतेतर्फ विजेता सायुस सुवेदी(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, रतुवामाई–१०, कमल सोडारी(द्धितिय) दाम्राभिट्टा एकेडेमी, रतुवामाई–८, रिजन उप्रेती(तृतीय) दाम्राभिट्टा एकेडेमी र जेनिश पोखरेल, मुनाल आर्दश विद्या सदन, रतु्वमाई नगरपालिका–६ का भएका छन् ।

कराँते ४७ केजी छात्र कुमुतेतर्फ प्रयुस श्रेष्ठ(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल रतुवामाई–१०, सजल लिम्बू(द्धितिय) मुनाल आर्दश विद्या सदन, रतु्वमाई नगरपालिका–६, ५२ केजीमा अञ्जल न्यौपाने(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, रतुवामाई–१०, सचिनकु्मार साह(द्धितिय) महेन्द्र मावि, रतुवामाई–१०, ५७ केजीमा मनिष श्रेष्ठ(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, ६० केजीमा वृषभ कार्की(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, युशन नेपाली(द्धितिय) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, अल्वर्टसम बुद्ध लुईटेल(तृतीय) दाम्राभिट्टा रतुवामाई–८ भएका छन् ।
खेलमा कराँतेमा छात्रा ४० केजी कुमुतेतर्फ किरण श्रेष्ठ (प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, रतुवामाई–१० र राष्ट्र निर्माणकै निहाङ्ग लिम्बू (द्धितिय) भएका छन् ।

४५ केजी छात्रा कुमुतेतर्फ राष्ट्र निर्माणका विज्ञासा श्रेष्ठ (प्रथम) कुञ्जना श्रेष्ठ (द्धितिय) भएका छन् । ५५ केजीमा मेलिना चाम्लिङ्ग राई (प्रथम) दाम्राभिट्टा एकेडेमी, रतुवमाई–८, ६० केजीमा जालुसा विक(प्रथम) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल प्रथम भएकी छन् ।

एकल छात्रा कातातर्फ राष्ट्रनिर्माण सेकेण्डरी स्कूलका विज्ञासा गुरूङ, सारा भुजेल, ममता विष्ट र दिया भट्टराई क्रमश प्रथम, द्धितिय, तृतीय भएका छन् ।
एकल छात्र कातातर्फ मनिष भुजेल(प्रथम) महेन्द्र मावि, रतुवामाई नगरपालिका–१०, अल्वर्टसम बुद्ध लुइटेल(द्धितिय) दाम्राभिट्टा एकेडेमी रतुवामाई नगरपालिका–१०, अङ्कित श्रेष्ठ(तृतीय) राष्ट्रनिर्माण सेकेण्डरी स्कूल, रतुमावाई–१० र रिनसेन तामाङ्ग(तृतीय) महेन्द्र मावि भएका छन ।

१५ सय मिटर दौडमा छात्रातर्फ कोपिला गहतराज(प्रथम) महेन्द्र मावि, रतुवामाई–१०, विकिशा काफ्ले(द्धितिय) सरस्वती मावि, रतुवामाई नगरपालिका–८ र मोनिकाकुमारी पासवान(तृतीय) सु्नवर्षी मावि, सु्नवर्षी–५ भएका छन् । छात्रतर्फ मनोज सोरेन(प्रथम) महेन्द्र मावि, रतुवामाई नगरपालिका–१०, गोपी न्यौपाने(द्धितिय) जनता मावि, रतुवामाई नगरपालिका–९ रर विवेक परियार(तृतीय) सरस्वती मावि, रतुवामाई नगरपालिका–८ भएका छन् ।