
विराटनगर ३० माघ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काेशी प्रदेश सरकारले ल्याएकाे संचार विधेयक सर्वसम्मतले पारित गरिने बताउनु भएकाे छ ।
प्रदेशसभामा छलफलमा रहेकाे विधेयकमा केही संशोधन सहित पारित गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयाे ।
प्रेस चाैतारी काेशी प्रदेश समितिकाे दाेश्राे प्रदेश अधिवेशनकाे आज विराटनगरमा आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले साे कुरा बताउनु भएकाे हाे ।
मुख्यमन्त्री कार्कीले पत्रकारहरूले सत्य र तथ्यमा आधारित भएर सम्प्रेषण गर्न आग्रह गर्नुभयाे ।
तथ्यमा आधारित भएर समाचार सम्प्रेषण नहुँदा कहिलेकाहीँ भ्रम सिर्जना हुने गरेकाे उहाँको भनाइ छ । प्रेस चाैतारी काेशीमा सर्वसम्मत नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयाे ।
विराटनगरमा शुरू अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १४० सहभागी छन् ।