राष्ट्र निर्माणमा निर्माण व्यवसायीकाे भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ । निर्माण व्यवसायी संघ मोरङ विराटनगरको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्य गर्दा गुणस्तरीय एवं समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निर्माण क्षेत्रको समस्या समाधान […]

पाँचथर घटनाको निश्पक्ष छानबिन गर्न सिविन नेपालको माग

विराटनगर २१ भदौ । नेपाल बालमजदूर सरोकार केन्द्र (सिविन नेपाल) ले पाँचथर घटनाको निश्पक्ष छानबिन गर्न माग गरेको छ । गत भदौ १३ गते भएको बम विष्फोटबाट २ बालबालिकाको ज्यान गएको घटनाबारे स्थलगत अध्ययन गरि सिविन नेपालले आज विज्ञप्ति मार्फत घटनाको निश्पक्ष छानबिन गर्न माग गरेको हो । सिविन नेपालले द्वन्द्वका पिडालाई सम्बोधन गर्न बनेको […]

एमाले केन्द्रीय अनुशासन आयोगद्धारा कोशी प्रदेशमा प्रशिक्षण

विराटनगर २१ भदौ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशमा एक दिवसीय प्रशिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेश कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनुशासन आयोगका सचिव प्राध्यापक डाक्टर भरतराज पहाडीले अनुशासन र […]

विराटनगरको एभरेष्ट स्कुलमा नृत्य प्रतियोगिता

विराटनगर २१ भदाै । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो । स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिनुभयाे । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताउनुभयाे । सवै कक्षागत अनुसार विजयी […]

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

विराटनगर २१ भदौ । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि […]