मोरङको बजेट १६ अर्ब ७२ करोड

विराटनगर ११ असार । आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि मोरङका १६ वटा स्थानीय तहले १६ अर्ब ७२ करोडको बजेट ल्याएका छन् । १७ वटा स्थानीय तह रहेको मोरङमा असार १० गते भित्रै ग्रामथान गाउँपालिका बाहेकका १६ वटा स्थानीय तहहरुले नीति, कार्यक्रम तथा वजेट सभामा पेश गरेका छन् ।

स्थानीय तहले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ७२ करोड ९९ लाख ६ हजार ५८६ रुपैयाँ बराबरको बजेट ल्याएका हुन । एक महानगर, ८ नगरपालिका र ८ गाउँपालिका रहेको मोरङमा ग्रामथान गाउँपालिका बाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेश गरेका हुन । ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सवै भन्दा बढी विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख र सवै भन्दा कम कहटरी गाउँपालिकाले ५८ करोड ९१ लख ४४ हजार ५ सयको बजेट पेश गरेको छ ।

एक अर्ब भन्दा माथि सुन्दरहरैचा, उर्लाबारी र बेलबारी नगरपालिकाले बजेट ल्याएका छन् । सुन्दरहरैचाले १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय र बेलबारी नगरपालिकाले १ अर्ब ९ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि पेश गरेका छन् ।

मोरङको दक्षिणवर्ती रंगेली नगरपालिकाले ९३ करोड ४० लाख ८९ हजारको बजेट ल्याएको छ ।

मोरङका स्थानीय तहहरु मध्ये केराबारी गाउँपालिकालेले ४ वटा नगरपालिकाले पेश गरेको भन्दा बढी बजेट ल्याएको छ । केराबारीले रतुवामाई, पथरीशनिश्चरे, सुनबर्षी र लेटाङ नगरपालिकाले ल्याएको भन्दा बढी बजेट सभामा पेश गरेका छन् । केराबारीले आगामी आर्थिक वर्षका लागि ८४ करोड ८५ लाख ८ हजारको वजेट ल्याएको छ ।

रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले ८१ करोड ९९ लाख ९१ हजार, , सुनबर्षीले ६७ करोड १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले ६१ करोड ६ लाख २८ हजार २ सय रुपैयाँ बराबरको बजेट पेश गरेका छन् ।

मिक्लाजुङ गाउँपालिकाले ७९ करोड ९२ लाख ४९ हजार ८७०, बुढीगंगा गाउँपालिकाले ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले ६७ करोड, २९ लाख ९६ हजार, जहदाले ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथान गाउँपालिकाले ५९ करोड १८ लाख ७३ हजार ३११ बराबरको बजेट ल्याएका छन् ।

असार १० गते अगावै कटहरी, जहदा, मिक्लाजुङ र सुन्दरहरैचाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।