आजदेखि एसईई परीक्षा शुरु हुँदै

विराटनगर, ८ वैशाख । आजदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुरु हुदैछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा […]

ग्रेडेड स्कुलले एसईई परीक्षामा सामेल हुने विद्यार्थीलाई विदाई

विराटनगर, ८ वैशाख । ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ठ उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अविर लगाई तथा मायाँको चिनो दिएर विदाई गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुवालले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने […]

सम्वेदनशील भै स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पर्छ : प्रमुख आयुक्त थपलिया

विराटनगर,३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्वेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्वारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरसहित बनाउनुपर्नेमा जोड दिनुभयो । […]

कविता प्रतियोगितामा कान्तिपुर कलेजकी पोखरेल प्रथम

विराटनगर, २६ चैत । विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपाकरुणा पोखरेल प्रथम भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय […]

इडेनवर्गका विद्यार्थीले मनाए विश्व स्वास्थ्य दिवस

विराटनगर, २५ चैत । अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवसको अवसरमा विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजले सचेतनामुलक र्यालीको आयोजना गरेको छ । कलेजका विद्यार्थीको सहभागितामा भएको र्यालीले नगरपरिक्रमा गरेका थियो । विद्यार्थीले सचेतनामुलक सन्देश लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए । स्वास्थ्य संवन्धि सचेतना जगाउन विश्व स्वास्थ्य दिवस मनाईएको कलेजका प्रमुख मेधानन्द झाले जानकारी […]