विराटनगर ३ साउन । शिक्षादीप कलेज विराटनगरले आज कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका १७ औं व्याचका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईई उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् ।
गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको शिक्षादीप कलेज काठमाण्डौं बाहिरको उत्कृष्ट कलेज भएको उनीहरुले बताएका छन् । विद्यार्थी सिरिन भट्टराईले शिक्षादीप कलेजले गुणस्तरीय शिक्षा दिने र शिक्षकहरु पनि उच्च शैक्षिक योग्यताको भएको बताईन । बुढानिलकण्ठ स्कुल विराटनगरबाट ४.० जिपीए ल्याएकी उनले शिक्षादीप सुविधासम्पन्न कलेज भएको बताईन । गौरीगञ्ज, झापाबाट आएका समीर डोटेलले शिक्षादीप पूर्वक्षेत्रकै उत्कृष्ट कलेज भएको बताए । सुनसरी इटहरीकी खुश्वु ढकाल, विराटनगरका प्रतिक भट्टराई, संखुवासभा खाँदबारीका सरगम लोहारले शिक्षादीप आफ्नो रोजाईको कलेज भएको बताए । उनीहरुले आफ्नो भविष्य शिक्षादीपबाट बन्ने समेत आशा व्यक्त गरेका थिए ।
कलेजका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताउनुभयो । नेपालमै सवैभन्दा बढी फ्याकल्टी भएको कलेज शिक्षादीप भएको बताउनुभयो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सपना साकार गर्ने समय अब २ वर्ष भएको उहाको भनाई छ । उहाँले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । शिक्षादीपले गुणस्तरमा सम्झौता नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले कलेजको औपचारिक शिक्षाका बारेमा बताउन विद्यार्थीलाई निरन्तर अभिमुखीकरण गर्दै आईरहेको बताउनुभयो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सफलतामा कलेज केन्द्रीत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कलेजले तयारी राम्रो गरेको छ । हरेक फ्याकल्टीमा विद्यार्थी टप हुनेछन् । अचम्म नमाने हुन्छ ।’ शिक्षादीप व्यापार भन्दा सेवामा बढी केन्द्रीत भएकाले हरेक वर्ष सफलता मिल्दै गएको उहाँले बताउनुभयो । काठमाडौ, सुदुरपश्चिमबाट शिक्षादीप कलेजमा विद्यार्थी आउने वातावरण तयार गरिरहेको प्रिन्सीपल खड्काको भनाई छ ।
सह प्रा.डा.ललितनारायण मण्डरले कक्षा ११ भर्ना भएका विद्यार्थीको उद्देश्य पूरा गर्न कलेज तयार रहेको बताउनुभयो । शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
विज्ञान संकायका को–अर्डिनेटर नविन रायले शिक्षादीपबाट विद्यार्थीको सपना पूरा हुने बताउनुभयो । शिक्षकले पूर्णसमय अध्यापनमा लगाउने भएकाले विद्यार्थीले पनि सोही अनुसार ध्यान दिन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
कक्षा ११ को विज्ञान संकायमा २ हजार बढी विद्यार्थीले आवेदन दिएका दिए । आवेदन दिएका मध्ये ९४५ विद्यार्थीलाई भर्ना लिईएको कलेजका सञ्चालक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले २०६५ सालदेखि शिक्षादीपले निरन्तर सफलताको उचाई बढाउँदै लगेको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमको की–स्पीकरमा डा. मिलन गैरे रहनु भएको थियो । उहाँले सफलता हात पार्नका लागि विद्यार्थीले गर्नुपर्ने मेहनत लगायतका बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, शैलेन्द्र शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, प्रशासन प्रमुख भूपी दाहाल, कलेजका शिक्षकहरु, अभिभावक लगायतको सहभागिता रहेको थियो ।