विराटनगर ६ साउन । कान्तिपुर कलेज विराटनगरले ९२० विद्यार्थीलाई भर्ना गरेको छ । कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा १ हजार ३७ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । प्रवेश परीक्षा दिएका मध्ये कलेजले ९२० विद्यार्थीको भर्ना गरेको हो ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज कलेजले सिटी प्यालेस विराटनगरमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थी १० औं व्याचका भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिनुभयो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनेती प्राध्यापक, शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढने गरेको उहाँले बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको कलेजले जनाएको छ । कान्तिपुरबाट उत्तीर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, वीवीए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ ।
कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाले विद्यार्थीको क्षमता अनुसार गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताउनुभयो । सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थीले नृत्य पनि प्रस्तुत गरेका थिए ।