विराटनगर ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित […]
विराटनगर २९ फागुन । विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले आज ९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आरोहण गुरुकुलको स्कुलले ९ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, बाध्यबाधन, कराँते लगायतका विभिन्न एकल तथा समूहगतरुपमा प्रस्तुती दिएको पिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । कार्यक्रममा […]
विराटनगर २८ फागुन । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको […]
विराटनगर २५ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरपालिका स्तरीय विवाहित महिला शिक्षकहरुको वतृत्वकला प्रतियोगितामा सत्यनारायण मावि विराटनगरकी कल्पना तिम्सिना प्रथम हुनु भएको छ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानीयतहका प्रतियोगीहरुलाई पछि पार्दै तिम्सिना प्रथम हुनु भएको हो । त्यसैगरी पब्लिकमावि ग्रामथानकी शशिकला थापा द्वितीय र वुद्धेश्वर मावि जहदाकी मधु झाले […]
विराटनगर, २१ फागुन । कोशी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीपकलेज विराटनगरले प्रथम स्थान हासिल गरेको छ । काठमाण्डौमा अवस्थित प्रि इन्जिनियरिङ पढाइ हुने संस्था पीईए र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी ३२ वटा समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेका थिए […]