विराटनगर २२ मंसिर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल […]
विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले आजका बालवालिका भोलिका मुलुकका कर्णधार भएकोले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा […]
उर्लाबारी, १४ मंसिर । नेकपा एमाले मोरङका नेता तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाका तर्फबाट दिइदै आएको छात्रवृत्ति एक कार्यक्रमका बीच प्रदान गरिएको छ । नेता खतिवडाले विगत आठ वर्षदेखि उर्लाबारी दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउदै आउनुभएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित वादविवाद प्रतियोगिता कार्यक्रममा रुपेश खतिवडाको तर्फबाट उहाँका बुवा दिनेश्वर खतिवडाले […]
विराटनगर ६ कात्तिक । पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकाेसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने भएकाे हाे । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका […]
विराटनगर ५ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ । सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो । उहाँले […]