उर्लाबारी, १४ मंसिर । नेकपा एमाले मोरङका नेता तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाका तर्फबाट दिइदै आएको छात्रवृत्ति एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
नेता खतिवडाले विगत आठ वर्षदेखि उर्लाबारी दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउदै आउनुभएको छ ।
शुक्रबार विद्यालय परिसरमा आयोजित वादविवाद प्रतियोगिता कार्यक्रममा रुपेश खतिवडाको तर्फबाट उहाँका बुवा दिनेश्वर खतिवडाले बाल कक्षादेखि ९ सम्मका ११ जना विद्यार्थीलाई एक सेटका दरले विद्यालय पोशाक र जनही ५ सय नगद छात्रवृति वितरण गर्नुभयो ।
विद्यालय प्रथम भएका रमेश भण्डारीका अलवा कक्षागत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका शिक्षक छत्र कार्कीले जानकारी दिनुभयो । नेता खतिवडा अरनिको माविका पुर्व विद्यार्थी हुनुहुन्छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येक वर्ष आफुले छात्रवृति प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउनुहुँदै उहाँले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
साेही अवसरमा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृति र पम्फामाया अक्षयकोष छात्रवृति पनि विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत शालिग्राम काफ्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा
कार्यक्रममा नेपाल शिक्षक महासंघ उर्लाबारीका अध्यक्ष मणिराज दाहाल, विद्यालयका पुर्व प्रधानाध्यापक कोमल खतिवडा, शिक्षासेवी पदमबहादुर गुरुङ, रत्नबहादुर श्रेष्ठ, यामबहादुर विसङ्खेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पुष्पलाल गिरीको सभापतित्व रहेको थियो ।