पोखरिया मावि : कोशी र मधेश प्रदेशका विद्यार्थीको रोजाईमा , ६४५ सिटका लागि २ हजार ४३१ को आवेदन

विराटनगर २६ चैत । भोजपुरको षडानन्द नगरपालिकाकी एसुविना कार्कीले सोमबार कक्षा ९ को प्रवेश परीक्षा पोखरिया माविबाट दिईन । धनकुटाको निजामति आवासीय विद्यालयबाट कक्षा ८ को अध्ययन पुरा गरेकी उनले कक्षा ९ देखि पोखरिया माविमा पढ्ने इच्छा भएकाले परीक्षामा सहभागि भएको बताईन । विद्यालयको सवै पक्ष राम्रो भएकाले रोजाईमा पाखरिया परेको कार्कीको भनाई छ । […]

आदर्श माविको प्रवेश परीक्षा : ३७८ को कोटामा २ हजार ११४ विद्यार्थी सहभागी

विराटनगर २५ चैत । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको […]

शिक्षादीप कलेजमा साइवर सुरक्षा सम्बन्धी कार्यशाला, तीन सय विद्यार्थी सहभागि

विराटनगर २५ चैत । शिक्षादीप कलेज विराटनगरले साइवर सुरक्षा तथा ह्याकिङ सम्बन्धी तीन दिने कार्यशाला सुरु गरेको छ । सूचना प्रविधिमा चनाखो तथा अद्यावधिक बनाउने, यस माध्यमबाट स्वदेशमै बसेर विदेशी मुद्राआर्जन गर्न सक्ने तथा संसारका जुनसुकै कुनामा पुगेर पनि यस क्षेत्रमा काम गर्न सक्ने योग्य जनशक्ति तयार गर्ने उद्देश्य लिएर कार्यशाला आयोजना गरिएको हो । […]

एभरेष्टमा स्कुलमा बेलायतको कम्प्यूटर कोर्ष र ह्यापीनेस एजुकेशन अध्यापन हुने

विराटनगर २४ चैत । विराटनगर–५ स्थित एभरेष्ट स्कूलमा यस शैक्षिक सत्रदेखि बेलायत (यूके) को कम्प्युटर कोर्ष र विश्वका विकसित राष्ट्रहरूमा अवलम्बन गर्न सुरू गरिएको ह्यापिनेस एजुकेसन अध्यापन हुने भएको छ । डीजि स्कुलसँगको सम्झौतापछि युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने भएको हो । कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी […]

पूर्वाञ्चलको उपकुलपतिका लागि चैत २७ बाट कार्ययोजना प्रस्तुतीकरण हुने

विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि चैत २७ बाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको चैत २७, २८ र २९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, चैत २७ मा शुभनारायण पाठक, […]