विराटनगर ६ पुस । विराटनगर ५ स्थित बाल संसार मन्टेश्वरी स्कुलमा स्पोर्टस् मिट सम्पन्न भएको छ ।
गत आईतबारदेखि शुरु भएको स्पोर्टस् मिट शुक्रबार सकिएको हो । एक साता सम्म सञ्चालन भएको स्पोर्टस् मिटमा एक सय मिटर दौड, चम्चा दौड, बोरा दौड, हिसाव दौड, म्युजिकल चेयर, बेलुन दौड, लुडो लगायतका प्रतियोगितामा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता, उपविजेताहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । विद्यार्थीलाई पुस्तकको ज्ञानसँग अतिरिक्त क्रियाकलाप पनि महत्वपूर्ण रहेको प्रिन्सीपल राईले बताउनुभयो । विद्यालयले तेश्रो त्रैमासिक परीक्षा समापन पछि खेलकुदका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्रिन्सीपल राईले भन्नुभयो,‘ परीक्षा पछि खेलकुदका कार्यक्रमले विद्यार्थीलाई रिफ्रेस गराएको छ ।’
बाल संसार मन्टेश्वरीले हरेक वर्ष एक साता सम्म स्पोर्टस् मिट सञ्चालन गर्दैै आईरहेको प्रिन्सीपल राईले बताउनुभयो । प्रतियोगितामा कक्षागत उत्कृष्ट २ सय बढी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।