विराटनगर ९ साउन । शिक्षादीप कलेज विराटनगरले व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।
कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।
आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उहाँले बताउनुभयो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृज कुमार रोयले गुणस्तरीय शिक्षा शिक्षादीप कलेजले दिने भएपछि पहिलो रोजाइमा परेको बताए ।
कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताउनुभयो । उहाँले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिनुभयो ।
कार्यक्रममा कलेजका निर्देशक डा. बिमल श्रीवास्तव, सिए तिर्थ राज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका डाइरेक्टर रुपेश श्रेष्ठलगायतले बोलेका थिए ।
यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण गराइसकेको छ ।